एनसीसी बैंक र आइएमई पेबीच सम्झौता

Advertisement

काठमाडौं । एनसीसी बैंक र आइएमई ग्रुपद्वारा प्रबर्द्धित आइएमई पेबीच बैंकिङ्ग साझेदारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार एनसीसी बैंक लिमिटेड आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।

एनसीसी बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

राजधानीमा आयोजित एक कार्यक्रमबीच आइएमई पेका तर्फबाट महाप्रबन्धक खिलेन्द्र पौडेल र एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement