प्रिमियर इन्स्योरेन्सको प्रिमियम भुक्तानी अब खल्ती डिजिटलबाट गर्न सकिने

Advertisement

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र खल्ती डिजिटल वालेटका तर्फबाट सह–संस्थापक र निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि प्रिमियर इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

सो सम्झौता पश्चातग्राहकले नेपालभर कुनैपनि ठाउँबाट खल्तीमार्फत बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्ने जनाईएको छ ।

Advertisement

Advertisement

Advertisement