टेबलमाथि चढेर सम्मान लिएका महालक्ष्मी नगरपालिकाका मेयरले विज्ञप्तिमार्फत यसो भने

Advertisement

काठमाडौं । टेबलमाथि चढेर सम्मान लिँदै गरेको तस्बिर भाइरल भएपछि धनकुटाको महालक्ष्मी नगरपालिकाले सोमबार विज्ञप्ति निकालेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका क्रममा प्रचलित नियमानुसार मेयर परशु नेपाल टेबलमाथि चढेर सम्मान ग्रहण गरेकोबारे नगरपालिकाले स्पष्टिकरण दिएको छ ।

‘प्रचलित नियमानुसार कार्यक्रममा उपस्थितमध्ये सबैभन्दा वरिष्ठ व्यक्तिलाई सम्मान गर्ने चलन छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यही नियमको पालना गर्ने क्रममा नगरपालिका प्रमुख टेबलमाथि चढेर सम्मान लिनु भएको हो। यसबारेमा सामाजिक सञ्जालमा भएका अपमानजनक टिप्पणीमा हाम्रो ध्यानाकर्षण भएको छ।’ नगर प्रमुखले खेलाडी र खेल पदाधिकारीको हौसला बढाउन त्यस्तो गरेको विज्ञप्तिमा भनिएको छ।

‘यस्तो सम्मान विद्यालयको कार्यक्रममा पनि हुने गर्दछ। महालक्ष्मी नगरपालिकाभित्र नगर प्रमुख सबैभन्दा प्रतिष्ठित व्यक्ति भएकाले प्रतियोगिता उद्घाटनको शिलशिलामा भएको एउटा नियमित प्रक्रियालाई सामाजिक सञ्जालमा उछाल्नु नितान्त गलत हो’, विज्ञप्तिमा भनिएको छ, ‘नियमति कामको सन्दर्भलाई लिए सामाजिक सञ्जालमा भएको अपमानजनक टिप्पणीप्रति दुःख व्यक्त गर्दै यस्ता अनर्गल प्रचारको पछि नलाग्न अपिल गर्दछौँ।’

Advertisement

Advertisement

Advertisement