मन्त्री पण्डितले भने- अब संघीय संसदपनि ‘पेपरलेश’ हुन्छ

Advertisement

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अब संघीय संसदपनि ‘पेपरलेश’ हुने बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उक्त सेवाको विधिवत रुपमा उद्धघाटन् गर्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् ।

ई–ट्रान्सपोर्टेशन सर्भिस प्रालिले सुचना प्रविधिको उपयोग गर्दै नेपालभर सामान ढुवानी सेवालाई सहज, सरल, व्यवस्थित र पारदर्शी बनाउन तथा निजी सवारी साधन प्रयोगकर्तालाई सडकमा सवारी साधन बिग्रेको अवस्थामा तत्काल सवारी मर्मत सेवा उपलब्ध गराउने उद्देश्यले ई–ट्रान्सपोर्टेशन सर्भिस संचालनमा ल्याएको छ ।

कार्यक्रममा मन्त्री पण्डितले नविनतम सोचका साथ सुरु भएको उक्त सेवाको सफलताको शूभकामना व्यक्त गरे । उनले वर्तमान सरकार पनि ई–गभर्नेन्सतर्फ अघि बढिरहेको सुनाए । उनले भने,‘हामी ई–गभर्नेन्स प्रणालीमा छिटो जान चाहन्छ । र, निजी क्षेत्रबाट जुन यो प्रयास भएको छ । अझै धेरै प्रयास हुन जरुरी छ । यसको निम्ति सरकारको तर्फबाट गर्नुपर्ने जुन भूमिका निर्वाह गर्नुपर्छ, सामान्य र सहकार्य हुँदा पूरै सहयोग प्राप्त हुनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु।’

पण्डितले सरल र सहज सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन फलदायी हुने बताए । पेपरलेश क्याविनेट बनाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई ल्यापटप दिएको सुनाउँदै पण्डितले भने,‘मन्त्रिपरिषद पेपेरलेस भएर अघि बढेको छ । प्रमले एक महिनाभित्र यदि नियुक्त भएका मन्त्रीहरुले पेपेरलेश क्याबिनेटमा जान्नुभएन भने, ल्यापटप र मन्त्री पद पनि उपहार दिएर विदा गर्ने भन्नुभएको थियो । अहिले पेपरलेश छ ।’

उनले भविष्यमा संघीय संसदले पनि पेपशरलेशको तयारी गरिरहेको जनाए । पण्डितले थपे,‘त्यहाँ पनि पेपरलेश हुन्छ । सरकारको लगानी जुन पेपरमा लाग्छ, त्यो भन्दा धेरै सस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ ।’

सकारी गाडीको दुरुपयोग रोक्नको लागि आँफैले ०७१ सालमा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याउन खोजेको स्मरण गराउँदै निकट भविष्यमा उक्त प्रणाली लागु हुने मन्त्री पण्डितको भनाई छ ।

Advertisement

Advertisement

Advertisement