गरिमा विकास बैंकका ग्राहकलाई विर्तामोडको मनमोहनमा विशेष छुट

Advertisement

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकहरुलाई मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पताल विर्तामोडमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बैंक प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल र अस्पतालका संयोजक रोमनी भट्टराईले आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरे । बैंकमा बचत खाता रहेका ग्राहकहरु तथा भिजा कार्ड होल्डरहरुले अस्पतालमा उपचार गराउँदा अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, फिजियोथेरापी, पूर्ण शारीरिक परीक्षण, डेण्टल सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्ने जनाइएको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका प्रदेश नं. १ अन्र्तगत झापाको विर्तामोड, दमक, बुधबारे र बनियानी, मोरङको बिराटनगर, विराटचोक र टंकीसिनवारी र सुनसरीको धरान र इटहरीसहित देशभर ७६ शाखा कार्यालय सञ्चालनमा रहेका छन । साथै बैंकले निकट भविष्यमा सुनसरीको इनरुवा र मोरङको उर्लाबारीसहित देशभर थप १५ शाखा कार्यालयहरु स्थापना गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement