सुनको भाउ आकाशियो, फेरी तोलामा पाँच सयको वृद्धि

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ६५ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज पाँच सय रुपियाँले बढेर ५६ हजार पाँच सय रुपियाँ कायम भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ६५ हजार २०० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५६ हजार १५५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५५ हजार ९०० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य १० रुपियाँले बढेर ७३० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय३४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement