भारतलाई ६ सय मेगावाट विद्युत बेच्ने निजी उर्जा उत्पादकको घोषणा

Advertisement

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुले ६ सय मेगावाट विद्युत भारतलाई बेच्ने घोषणा गरेका छन् । सरकारले अनुमति दिएमा ६ सय मेगावाट विद्युत भारतलाई बेच्न सकिने बताएका हुन् । मंगलबार पत्रकार सम्मेलन गर्दै भारतका विभिन्न निकायहरुले नेपाली निजी क्षेत्रसँग विद्युत खरिद गर्ने तत्परता देखाएको पनि बताए ।

इपानका अध्यक्ष शैलेन्द्र गुरागाई नेतृत्वको टोलीले असार ३ गतेदेखि १० गतेसम्म भारतको भ्रमण गरेको थियो । भ्रमणको सिलसिलामा सो प्रतिनिधि मण्डलले भारतको विद्युत मन्त्रालय, सेन्ट्रल इलेक्ट्रिसीटी अथोरिटी, सेन्ट्रल इलेक्ट्रिसीटी रेगुलेशन, पीटीसी इण्डिया लिमिटेड लगायतका एक दर्जन भन्दा बढी निकायसँग छलफल गरेका थिए ।
सरकारले अनुमति दिएमा इपानले आफैं ट्रान्समिसन लाइन बनाएर भारतलाई विद्युत बेच्ने बताएको छ ।

भारतीयहरुले नेपालले भन्दा बढी शुल्क लिएर विद्युत खरिद गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि बताए । ‘भारतीयहरुले नेपालमा भन्दा बढी शुल्क लिएर विद्युत खरिद गर्ने भनेका छन्, हामी नेपालमा खपत नभएको विद्युत भारतमा बेच्छौं’, इपान अध्यक्ष गुरागाईँले भने ।

Advertisement

Advertisement

Advertisement