ज्योति लाईफ र समर अस्पतालबीच सेवा सम्झौता

Advertisement

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले  बीमा सेवा सुविधा विस्तार गर्ने क्रममा जनकपुर स्थित समर अस्पतालसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई बीमा सेवा विस्तार गर्ने उद्देश्यले समर अस्पतालसँग सेवा सम्झौता गरेको हो ।

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्च स्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौता पश्चात जनकपुर लगायत आसपासका कम्पनीसंग आबद्ध सम्पूर्ण मानिसहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख श्री प्रकाश बिक्रम खत्री र समर अस्पतालका प्रबन्ध निर्देशक डा. सुजित यादवले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश नं २ का क्षेत्रीय प्रबन्धक दिपेन्द्र यादवले आदान प्रदान गरेका थिए ।

Advertisement

Advertisement

Advertisement