सेयर बजारमा नगन्य सुधार, कारोबारमा पनि कमी

Advertisement

काठमाडौं । सेयर बजारमा मंगलबार नगन्य सुधार भएको छ । सेयर बजार परिसुचक नेप्से शुन्य दशमलव ९६ अंकले बढेर एक हजार २६१ कायम भएको छ भने कारोबार रकम घटेर ३६ करोड ४७ लाख रुपियाँको मात्रै सेयर किनबेच भएको छ ।

आज १७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता सेयर किनबेच भयो । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ४० अंकले बढेर २७१ दशलमव ४४ अंक कायम भयो ।

यस दिन सबैभन्दा बढी कारोबार एनसीसीको भएको छ । यो बैंकको दुई करोड ५३ लाख ८४ हजार रुपियाँ बराबरको कारोबार भयो । दोस्रोमा प्रभु बैंकको दुई करोड २८ लाख रुपियाँको सेयर किनबेच भयो ।

आज धेरै कमाउनेमा गणपति वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन् भने घाटा धेरै खानेमा मल्टी पर्पोज फाइनान्सका लगानीकर्ता अगाडि छन् । समूहगत कारोबारतर्फ आज छ वटा समूहमा सुधार देखिएको छ भने बाँकीमा गिरावट छ ।

Advertisement

Advertisement

Advertisement