लोट्टे जीआरएस र हिमालय एनकेबीच फ्रेन्चाईज सम्झौता

Advertisement

काठमाडौं । दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी लाट्टे ग्रेप अतर्गतको फास्टफुड प्रेन्चाईज रेष्टुरेण्ट ‘लाट्टेरिया’ नेपालमा संचालन गर्नको लागि लोट्टे जीआरएस र हिमालय एनकेबीच फ्रेन्चाईज सम्झौता भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको उपस्थितिमा दुवै कम्पनीका प्रमुखबीच व्यवसायिक सम्झौता भएको हो ।

सम्झौताका लागि दक्षिण कोरीयाबाट लोट्टेका ग्लोबल सीइओ नाम इक उ र ग्लोबल बिजनेश टिम प्रमुख किम कि छल सोमबार काठमाडौं आएका थिए ।

४० वर्षदेखि संचालित लोट्टे्रियाले हाल दक्षिण कोरियासहित भियतनाम, म्यानमार, इन्डोनेसिया, काजकिस्तान, मंगोलिया लावसलयायतका देशहरुमा १६ सयभन्दा बढी फ्रेन्चाइज रेष्टुरेण्ट संचालन गरिरहेको जनाएको छ ।

लगानी र पर्यटन प्रवद्र्धनको लागि सरकारले विभिन्न कार्यक्रम घोषणा गरेसँगै पछिल्लो समय बहुरष्ट्रिय कम्पनीहरु नेपाली बजारमा लगानीको लागि आकषर््िात हुँदै गईरहेका छन् । यसै समयमा लोट्टेरियाको नेपाल आगमनले भिजिट नेपाल २०२० को प्रवद्र्धन तर्था सिया प्यासिफिक क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई विशेष आकर्षण गर्ने दाबी हिमालय एनकेका अध्यक्ष बिनोद कुँवरको छ ।

दक्षिण कोरियाको विकास आधुनिकिकरण र अर्थतन्त्रमा महत्वपुर्ण योग्दान रहेको लाट्टे समुहको नेपाल प्रवेशले नेपालको समृद्धिमासमेत सकारात्मक टेवा पुग्ने अपेक्षा कुँवरले गरे ।

नेपाली रेष्टुरेन्टमा नयाँ खालका खानपान र संंस्कृति नेपालमासमेत विकास हुँदै गएकाले यो क्षेत्रमा सहजै व्यवसायिक सफलता हासिल गर्ने कुरामा विश्वस्त रहेको हिमालय एनकेका वैदेशिक लगानी साँझेदार लि चङ सङले बताए ।

Advertisement

Advertisement

Advertisement