नेपाल टेलिकमको बजेट पास हुँदा, आम्दानी नौ प्रतिशतभन्दा बढिले वृद्धि गर्ने योजना

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले आउँदो आर्थिक बर्षका लागि एक खर्ब तीन अर्ब रुपियाँको बजेट ल्याउने भएको छ । कम्पनी व्यवस्थानले उक्त रकमको बजेट सञ्चालक समिति बैठकमा पेश गरेको हो ।

सरकारी स्वामित्वको यस कम्पनीले आउँदो आर्थिक बर्षमा ४८ अर्ब रुपियाँको हाराहारीमा उच्च आम्दानी गर्ने लक्ष्य लिएको छ । निजी क्षेत्रका एनसेललगायतका कम्पनीहरुसँग प्रतिस्पर्धा गरिरहेको यस कम्पनीले प्रतिस्पर्धाकै कारण ग्राहक सेवा सुविधामा सुधार गरे पनि सेवाको गुणस्तरदेखि कम्पनीभित्र हुने चुहावट र अनियमिततामा अझै सुधार गर्न बाँकी रहेको छ ।

बजेट यसै साता पास हुनसक्ने कम्पनीका अधिकारीहरुको भनाई छ । चालु आर्थिक बर्षमा कम्पनीले ४३ अर्ब ६६ करोड आम्दानी गर्ने प्रारम्भिक अनुमान छ । आउँदो आर्थिक बर्षमा यो भन्दा नौ दशमलव २९ प्रतिशतले आम्दानी बढाउने कम्पनीको लक्ष्य रहेको छ ।

Advertisement

Advertisement

Advertisement