भरतपुर महानगरको बजेट तीन अर्ब ३७ करोड

Advertisement

काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३७ करोड ३१ लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार महानगरपालिकाको चौथो नगरसभा बैठकका अवसरमा यो बजेट प्रस्तुत गरिएको हो ।

बजेटमा महानगरका २९ ओटा वडालाई ३३ करोड ९० लाख रुपियाँका दरले विनियोजन गरिएको छ ।

पूर्वाधारतर्फ ४७ करोड, ७४ लाख, उद्ययमशील एरियाका लागि १९ करोड ७२ हजार, शिक्षा क्षेत्रमा ८ करोड ९६ लाख, स्वास्थ्यमा आठ करोड ६३ लाख, विपद् व्यवस्थापनमा आठ करोड, अपांग, दलितहरुका लागि चार करोड ३१ लाख, खेलकुद क्षेत्रमा छ करोड रुपियाँ छुट्याइएको छ ।

महानगरले सुशासन तथा विकासका लागि तीन करोड ४५ करोड बजेट विनियोजन गरेको छ ।

Advertisement

Advertisement

Advertisement