मनिष सुमन भन्छन्– मलाई सुचना आइसक्यो, यो सरकार अब ढल्छ, अरुले होइन् आफ्नै कारण ढल्छ

Advertisement

काठमाडौं । राष्ट्रिय जनता पार्टीका महासचिव मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं कारण ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लवमा उनले भने, ‘ओली सरकारले देश तथा मधेस कसैको पनि हित गर्दैन् भन्ने राजपाको ठम्याई छ । हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौं । र, ल्याकत छैन पनि । बरु, यो सरकार आफैं ढल्ने मसँग सुचना छ ।’ सुमनले नेकपाभित्र अहिले ठूलो समस्या रहेको पनि टिप्पणी गरे ।

आफ्नो पार्टीका केन्द्रिय सचिव तथा निलम्बित सांसद रेशम चौधरीप्रति कारागारमा पनि अमानवीय व्यवहार भएको र सुत्दा पनि हतियारधारी सुरक्षाकर्मी राखिएको बताउँदै उनले त्यसप्रति आपत्ति जनाए ।

उनले भने, ‘उहाँ अहिले विरामी हुनुहुन्छ । उपचार गराईरहनुभएको छ । यसरी हतियार बन्द कोठामा राख्दा औषधिले पनि काम गर्दैन् । उहाँमाथि मनोवैज्ञानिक त्रास फैलाईएको छ ।’

फरक प्रसँगमा उनले राजपा र समाजवादी पार्टीबीच एकताको लागि प्रशस्त संभावना रहेको सुनाउँदै त्यसको लागि उपेन्द्र यादवले तत्काल सरकार छोड्नुपर्ने आफूहरुको अडान रहेको बताए । सुमनले भने, ‘उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ । उहाँहरु र हामीबीच अरु धेरै कुरामा सैद्धान्तिक असहमति पनि छन् । जस्तो, राष्ट्रपतिबारे उहाँहरु प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भन्नुहुन्छ, हामीले संसदबाट निर्वाचित हुनुपर्छ भनेका छौं ।’

Advertisement

Advertisement

Advertisement