मन्त्रीलाई कालोझण्डा देखाउँदा काँग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताको आक्रमण

Advertisement

कञ्चनपुर । नगरसभा उदघाटन गर्न आएकी खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलाई कालो झन्डा देखाउने क्रममा झडप भएको छ । मंगलबार बिहान पुनर्वास नगरपालिका ११ डोकेबजारमा काँग्रेस कार्यकर्ताले कालोझन्डा देखाउँदा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

झडपका क्रममा दुई जना घाइते भएको छन् । घाइते हुनेमा कांग्रेसका विक्रम चन्द र गोपी उपाध्याय रहेको प्रहरीले जनाएको छ । उपाध्यायको हातमा चोट लागेको छ भने चन्दको टाउकोमा चोट लागेको छ । उनीहरुको धनगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पुनर्वासले जनाएको छ ।

मगर बेलौरी र पुनर्वास नगरपालिकाको नगरसभा उद्घाटनका लागि आएकी थिइन् । कालोझण्डा देखाउँदो विरोधमा उत्रिएका उनीहरुलाई सत्तारुढ नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए । कांग्रेसका कार्यकर्ताले हुलाकी सडक निर्माणमा ढिलाइ भएको, एसएसबीले हुलाकी सडकमा अवरोध पुर्‍याउँदा पनि नबोलेको जस्ता कुरा उठाउँदै विरोधमा उत्रिएका थिए ।

Advertisement

Advertisement

Advertisement