नेपाल क्लियरिङ हाउसकोे अध्यक्षमा नरेश शाक्य

Advertisement

काठमाडौं । नेपाल क्लियरिङ हाउस सञ्चालक समितिको बैठकले नरेश शाक्यलाई अध्यक्ष चयन गरेको छ । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ अफिसमा कार्यकारी निर्देशक छन् ।

त्यस्तै, समितिले स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा नियुत्त गरेको छ । क्लियरिङ हाउसको संञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक¬–एक जना प्रतिनिधि रहेका छन् ।

यो कम्पनी राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडले प्रवद्र्धन गरेको कम्पनी हो ।

Advertisement

Advertisement

Advertisement