चट्याङ लागेर तीन बालकको मृत्यु

Advertisement

काठमाडौं । दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ। मंगलबार साँझ साढे ६ बजेतिर परेको चट्याङ्ले राप्ती गाउँपालिका ३ मौरीघाट निवासी ११ वर्षीय रमित चौधरी, ११ वर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार राप्ती ४ स्थित मौरीघाट माबि छेउमा रहेको जामुनाको रुपमा चढेको बेला सोही रुखमा परेको चट्याङ्ले तिनै जना बालकको घटना स्थलमै मृत्यु भएको हो। साथै सोही रुखमा चढेका विनासका भाइ ८ वर्षीय अविनास चौाधरी भने गम्भीर घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले बताएको छ।

Advertisement

Advertisement

Advertisement