थुनुवा बोकेको गाडी दुर्घटना हुँदा दुईको मृत्यु, आठ घाइते

accident

काठमाडौं । रौताहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थुनुवा बोकेको गाडी दुर्घटना हुँदा दुई थुनुवाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले म्याद थप गर्न लग्दै गरेको थुनुवा बोकेको गाडी दुर्घटना हुँदाा रौतहट चन्द्रपुर नगरपालिका–६ का निर्मल साह र सुनसरी इनरुवा नगरपालिका–९ का रमेशकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट जिल्ला अदालत गौरमा थुनुवालाई म्याद थपका लागि लिएर जाँदै गरेको गाडी दुर्घटनामा छ प्रहरीसहित आठ जना घाइते भएका छन् ।

ss-college