ट्रयाक्टर दुर्घटनाहुँदा ३ जना विद्यार्थीको मृत्यु, ४ घाइते

Advertisement

काठमाडौं । अछाम जिल्लाको चौरपाटी गाउँपालिका–३, शोकट मुली कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु गएको छ ।

से १ त ७८३९ नम्बरको ट्रयाक्टर बुधबार बिहानै दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको हो । दुर्घटनामा परि चार जना विद्यार्थी घाइते भएका छन् ।

ज्यान गुमाउनेमा चौरपाटी गाउँपालिका–२ मा रहेको दशपल्ले माविवाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन् । अन्य ४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

Advertisement

Advertisement

Advertisement