पथरी शनिश्चरेको बजेट ७२ करोड ५२ लाख

Advertisement

उर्लाबारी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ७२ करोड ५२ लाख ६४ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ।

पाँचौँ नगरसभामा नगरपालिकाका उपप्रमुख यमुना विष्ट बाँस्तोलाले उक्त नीति कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी हुन्। नगर प्रवक्ता यामप्रसाद गुरागाईंका अनुसार बुधबार पत्रकार सम्मेलनमार्फत नीति, कार्यक्रम तथा बजेटका बारेमा जानकारी गराइनेछ।

दश वडा रहेको नगरमा आगामी आवका लागि एक करोडका दरले वडाको बजेट सिलिङ तय भएको छ।

Advertisement

Advertisement

Advertisement