नेपाल एअरलाइन्सले बोइङ बेच्ने भयो, अब निगमसँग अन्तर्राष्ट्रिय उडानको लागि ४ वटा मात्रै एयरबस

Advertisement

काठमाडौं । नेपाल वायु सेवा निगमले बोइङ ७५७ सिरिजको ‘गण्डकी’ जहाज बेच्ने भएको छ । निगमले जहाज बेच्न बुधबार अन्तर्राष्ट्रिय बोलबत्र आह्वान गरेको हो ।

केहि समय अघि निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालम्पुर पठाएको थियो । अमेरिकाबाट सिपिङमार्फत सि–डक्ट ल्याएर जडान गर्दा फिट नभएपछि  मलेसियामा पुनः अर्को सि–डक्ट ल्याएर फिट गरिएको थियो र पुनः नेपाल फिर्ता ल्याईएको थियो ।

३२ वर्ष पुरानो बोइङ ७५७ एसीबी सिरिजको यो जहाज बिग्रिएर ५ महिनादेखि ग्राउन्डेड भएको थियो । यो जहाज १ सय ९० सिट क्षमताको छ । निगमले बोइङ ५७७ सिरिजका २ वटा जहाज सन् १९८७ मा र १९८९ मा किनेको थियो ।

यो जहाज किन्नका लागि ४५ दिनभित्र बोलपत्र भर्नुपर्ने निगमले जनाएको छ । बोलपत्र भर्नेले ३ करोड ८४ लाख रुपियाँभन्दा धेरै रकम बैंक ग्यारेन्टी राख्नुपर्ने निगमले जनाएको छ ।

सानो वायुसेवा कम्पनीले वाइड बडी, बोइङजस्ता थरीथरीका जहाज राख्दा प्राविधिक तथा व्यवस्थापकीय जटिलता हुने र सबैको अलगअलग इञ्जिनीयर पाइलटको व्यवस्था गर्नुपर्ने भएकाले बोइङ बिक्री गर्न लागिएको निगमको भनाइ छ ।

बोइङ कम्पनीको यो जहाज बिक्रीपछि नेपाल वायुसेवा निगमसँग एअरबस कम्पनीमा मात्रै जहाज हुनेछन् । निगमले सन् १९८७ सेप्टेम्बर १९ तारिखमा ‘कर्णाली’ खरिद गरेको थियो भने दोस्रो बोइङ ‘गण्डकी’ सन् १९८८ सेप्टेम्बर १ तारिखमा ल्याएको थियो । कलसाइन नाइनएन एसिए ७५७ बोइङ कर्णालीलाई निगमले बिबिएयरलाई एक वर्षअघि बिक्री गरिसकेको छ । हाल निगमका दुईवटा न्यारो बडी र दुईवटा वाइड बडी जहाजले भारतको नयाँ दिल्ली, बेङ्गलोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैङ्कक र कतारमा उडान भर्दै आएको छ ।

एअरबसको जहाज बिक्रीपछि निगमसँग अन्तर्राष्ट्रिय उडानको लागि एअरबसका ४ वटा मात्रै जहाज रहनेछन् ।

Advertisement

Advertisement

Advertisement