‘कबीर सिंह’ को पाँच दिनको कमाई सय करोड

Advertisement

काठमाडौँ । बलिउड फिल्म ‘कबीर सिंह’ ले बक्सअफिसमा रेकर्डतोड व्यापार गरिरहेको छ । फिल्म रिलिज भएसँगै ट्रोल भइरहे पनि मुभी लभर्सलाई आलोचनाले केही फरक पारेको छैन । दर्शक र समीक्षक दुबैले फिल्मलाई उत्कृष्ट भनेका छन् । फिल्मको शोज विकडेजमा पनि हाउसफुल भइरहेको छ ।

‘कबीर सिंह’ ले भारतबाट मात्र प्रदर्शनको ५ दिनमा सय करोडको आँकडा पार गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको पाँचौ दिनको कलेक्सन सार्वजनिक गरेका छन् । फिल्मले मंगलबार १६ करोड ५३ लाखको कमाई गर्दै बक्सअफिसमा कूल १ सय ४ करोड ९० लाखको व्यापार गरेको छ । तरणले फिल्मलाई ब्लकबस्टर घोषित गरेका छन् ।

सोलो एक्टरको रुपमा ‘कबीर सिंह’ सय करोड क्लबमा सामेल भएको अभिनेता शाहिद कपूरको पहिलो फिल्म होे । ३ हजार १ सय २३ हलबाट प्रदर्शन सुरु गरेको फिल्मको ओभरसिज कमाई पनि आक्रामक छ । शाहिद फिल्मको सफलताबाट निकै खुसी छन् । फिल्मले यस वर्ष रिलिज भएका ठूला(ठूला फिल्मलाई समेत बक्सअफिसमा चुनौती दिएको छ ।

कबीर सिंह २ वर्ष अगाडि प्रदर्शनमा आएको तेलुगू फिल्म अर्जुन रेड्डीको रिमेक हो । अर्जुन रेड्डीमा विजय देवराकोन्डा र सालीनी पाण्डेको मुख्य भुमीका थियो भने ‘कबीर सिंह’ फिल्ममा शाहिद कपूर र कियारा आडवाणीको मुख्य भुमिका रहेको छ ।

Advertisement

Advertisement

Advertisement