११ वटा स्टक ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबारको लाइसेन्स दिँदै नेप्से

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सात वटा स्टक ब्रोकर कम्पनीलाई मार्जिन ल्याण्डिङ कारोबारको लाइसेन्स दिने तयारी गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति लिइसकेका उनीहरुलाई नेप्सेले बिहीबार बोलाएकोले संभवतः बिहीबार उनीहरुले लाइसेन्स पाउने स्रोतको भनाई छ । मार्जिन ल्याण्डिङको लाइसेन्स लिने तयारीमा रहेका स्टक ब्रोकरहरुमा ५०, ३४, ३६, २८, १६, १४, ३३, ३५, ५७, ३८ र ५९ नम्बरका कम्पनीहरु रहेका छन् ।

यस्तो कारोबारका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सिस्टम बनाइसकेको छ । अनुमति लिइसकेपछि यस्ता कम्पनीहरुले लगानीकर्तालाई कर्जा प्रवाह गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डले मार्जिन कोरोबार सुविधा सम्बन्धी निर्देशिका जारी गरेसँगै स्टक ब्रोकरहरुलाई सेयर धितो कर्जा प्रवाह गर्न बाटो खुलेको थियो ।

स्टक ब्रोकरहरुले आफूहरुको कार्यक्षेत्र विस्तार तथा अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुपको मार्जिन कारोवार शुरु गर्न यस्तो यस्तो व्यवस्थाको माग गर्दै आएका थिए । लाइसेन्स लिएर मार्जिन ल्याण्डिङको कारोबार सुरु भएसँगै पूँजी बजार सरल र सहज हुने विश्वास लिइएको छ । निर्देशिका अनुसार कम्तिमा १० हजार सेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक बर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांस वितरण गरेको सूचिकृत संस्थाको मात्र मार्जिन कारोबार गराउन सकिनेछ ।

यस्तै मार्जिन कारोबार गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पती न्युनतम ५ करोड रुपैयाँ हुनुपर्ने र धितापत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म मात्र मार्जिन कारोवार सुविधा उपलब्ध गराउने छन् ।

Advertisement

Advertisement

Advertisement