अमेरिकी विदेशमन्त्री र मोदीबीच उचित व्यापारका विषयमा छलफल

Advertisement

भारत । भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार छलफल भएको छ। दुईपक्षीय वार्तामा मोदी र पोम्पियोबीच व्यापारका महत्वपूर्ण विषयमा छलफल भएको बताइएको छ।

भारतीय संचारमाध्यमका अनुसार अमेरिकाले भारतीय बजारमा अस्तित्व चाहेको छ। पोम्पियोले भारतमा अमेरिकाले राम्रो बजारको अवस्था चाहेको बताएका छन्। अमेरिका भारतमा व्यापार झमेला चाहँदैन।

अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै भनेको छ,‘ट्रम्प प्रशासन भारतमा अमेरिकी कम्पनीको उपयुक्त स्थान चाहन्छ जति भारतीय कम्पनीले अमेरिकामा स्थान पाएका छन्।’

अमेरिकी प्रस्तावमा प्रधानमन्त्री मोदी सकारात्मक भएको बताइएको छ। हालै अमेरिकाले उसको विशेष व्यापारीक अवस्थाबाट भारतलाई हटाएपछि भारत र अमेरिकाबीच व्यापार युद्धको खतरा बढेको थियो।

Advertisement

Advertisement

Advertisement