रिलायन्स लाइफको २४सै घण्टा खुल्ला रहने सम्पर्क केन्द्र सञ्चालनमा

Advertisement

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले २४सै घण्टा खुल्ला रहने सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको छ । नागरिकलाई जीवन बीमाबारे जनचेतना जगाउन कम्पनीले यस्तो केन्द्र सञ्चालनमा ल्याएको हो ।

साथै, केन्द्रमार्फत ग्राहक र रिलायन्स साथी (अभिकर्ता)मा थप सेवा २४सै घण्टा र ३६५ दिननै प्रदान गरिने जनाइएको छ । बुधबार एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका अध्यक्ष तारा चन्द कँडेलले सम्पर्क केन्द्रको उदघाटन गरे ।

सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनी र कम्पनीको योजनाका बारेमा परामर्श लिनुका साथै ग्राहक र अभिकर्ताले सल्लाह, सुझाव र गुनासो ४७८७२२४ मा फोन गरी वा कम्पनीको आधिकारिक वेभसाइट, फेसबुक, ट्वीटर, मोवाइल एप र इमेलमार्फत आफ्नो पायक पर्ने ठाउँबाट पठाउन पाउन सक्नेछन् ।

नेपालमा बीमा क्षेत्रमा पहिलो पटक प्रदान गरिएको यो सेवाले बीमा सेवाको गुणस्तर वृद्धिमा सहयोग गर्ने कम्पनीको विश्वास छ ।

Advertisement

Advertisement

Advertisement