बजेटमाथि असन्तुष्टि जनाउँदै पोखराका वडाध्यक्षले रेडबुक च्याते

Advertisement

काठमाडौं । पोखरा महानगरपालिकाको नगरसभामै बुधबार ४ नम्बर वडाका अध्यक्ष शंकर बास्तोलाले बजेटमाथि असन्तुष्टि जनाउँदै रेडबुक च्यातेका छन् । मेयर मानबहादुर जिसीले बजेट पारित भएको घोषणा गरेलगत्तै कांग्रेस वडाध्यक्षसहितका जनप्रतिनिधिले रेडबुक च्यातेका हुन् ।

वडाध्यक्षले बजेट र रेडबुकमा असन्तुष्टि जनाएका हुन् । असन्तुष्टिकै क्रममा वडाध्यक्ष बास्तोलाले टेबुलसमेत उचालेर मिल्काएका छन् । महानगरपालिकाले मंगलबार सात अर्ब ५४ लाख रुपियाँको बजेट ल्याएको थियो । नगरसभामा नै विकास कार्यक्रम विवरण (रेडबुक) बुधबार वितरण गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement