कांग्रेसनिकट जनप्रतिनिधिले लगाए पोखरा महानगरको गेटमा ताला

Advertisement

काठमाडौं । पोखरा महानगरपालिकाको गेटमा कांग्रेसनिकट जनप्रतिनिधिले बिहीबार ताला लगाएका छन् । महानगरले पाँचौं नगरसभामा प्रस्तुत गरेको वार्षिक बजेट विवरण (रेडबुक) र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै उनीहरुले महानगरको मूलद्वारमा ताला लगाएका हुन् ।

नगरसभाको चौथो दिन बुधबार महानगरले रेडबुक प्रस्तुत गरेको थियो । उक्त रेडबुकमाथि छलफल नै नभई पारित गरिएको र त्यसबारे कुरा राख्दा मेयर जीसीले धम्कीपूर्ण अभिव्यक्ति दिएको पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानेको आरोप छ ।

‘हामी जनताले चुनेर जनप्रतिनिधि भएका हौं । उनले त्यसरी भन्नुहुन्थेन,’ वडाध्यक्ष रामराज लामिछानेले भने, ‘जनताबाटै उठेको रकमले त आएको हो बजेट । हामीले नै माग्न नपाउने

बजेट र अभव्यिक्ति नसच्याएसम्म आन्दोलन गर्ने र अटेर गरे आन्दोलन थप सशक्त बनाउने लामिछानेले बताए ।

रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको लामिछानेले आरोप लगाए । ‘हामीले रेडबुक आइसकेपछि छलफल गरौं भनेका थियौं । तीन बजेमात्रै रेडबुक आयो । त्यसमा पनि हामीलाई बोल्ने मौकै दिइएन,’ उनले भने, ‘बजेट पनि समान रुपमा वितरण भएको छैन ।’

पहिले रेडबुक अध्ययन गर्न माग्दा मेयर मानबहादुर जीसीले ‘आउँछ, आउँछ’ भनेर टारेको तर पछि तीन बजे रेडबुक बाँडेर समय नै नदिई जबर्जस्ती पारित गरिएको लामिछानेले आरोप लगाए । ‘रेडबुक नै ढिलो आयो । ढिलो आएको रेडबुकको छलफलका लागि समय दिनुपथ्र्यो,’ उनले भने, ‘पछि बोल्ने भनेर बोल्नै दिइएन । अनि मेयर सा’बले एक्कासि पारित गर्ने भनेर भनै ।’

जीसीको प्रस्तावपछि पोखरा ११ वडाध्यक्षसहित ४८ जनाले रेडबुक च्यातेर फ्यालेका थिए । बजेट वडास्तरीय आए पनि नगरस्तरीय नआएको उनीहरुको आरोप छ । ‘बजेट पूरै केन्द्रिकृत रुपमा आएको छ । महानगरले पनि आफ्नो बजेट एकलौंटी रुपमा वडालाई नदिएर आफूले मात्रै राखेर हुन्छ ।

बुधबारको नगरसभा बैठकमा कांग्रेसनिकट वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । पोखरा ४ शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्ची र सोफा फालेका थिए । नगरसभामा राखिएको एअर कुलरसमेत लडाएका थिए ।

बास्तोलाले जनताको रकम जनताकै लागि वितरण हुनुपर्ने माग गरेका छन् । ‘बजेट समानुपातिक रुपमा आएको छैन । समानुपातिक रुपमा आउनु भन्दा मेयर सा’बले धम्कीपूर्ण अभिव्यक्ति दिए । त्यसमा हाम्रो आपत्ति छ ।
पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । उक्त बजेटमाथि बुधबार छलफलपछि विनियोजन विधेयक पारित भएको छ ।

Advertisement

Advertisement

Advertisement