घोडीघोडा लघुवित्तको आईपीओ असार २० गतेदेखि निष्काशन खुला हुने

Advertisement

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओ असार २० गतेदेखि निष्काशन खुला हुने भएको छ। लघुवित्तले जारी पूँजीको ४८ प्रतिशत बराबरको सार्वजनिक निष्काशन गर्न लागेको हो।

लघुवित्त कम्पनीले प्रभु क्यापिटलको बिक्री प्रबन्धकत्वमा प्रतिकित्ता एक सय रुपियाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार रुपियाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको सेयर न्यूनतम १० देखि १००० कित्तासम्मको लागि आवेदन दिन सकिन्छ । लघुवित्तको शेयर १०१ रुपियाँदेखि ३०२ रुपियाँसम्मको रेञ्जमा कारोबार हुनेछ ।

कूल निष्काशनमा आउने आईपीओमध्ये एक हजार ३८० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई र ६ हजार ६३० सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूण कार्यालष्य तथा मेरोसेयरबाट समेत आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपियाँदेखि एक हजार कित्ताको लागि एक लाख रुपियाँसम्मको आवेदन दिन सक्नेछन्।

आईपीओ १२ हजार ४५९ जना आवेदकले मात्र पाउनेछन् । आईपीओमा आवेदन दिने अन्तिम दिन असार २५ गते बुधबारसम्म रहेको छ।घोडाघोडीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्ता पूँजी एक करोड १० लाख ५० हजार छ।

Advertisement

Advertisement

Advertisement