वैदेशिक रोजगारीमा अनिवार्य सीप प्रमाणीकरणको व्यवस्था तत्काल कार्यान्वयन नहुने

Advertisement

काठमाडौं । असार १५ देखि विदेश जाने यूवाको अनिवार्य सीप प्रमाणीकरण गरिने व्यवस्था तत्काललाई कार्यान्वयन नहुने भएको छ । प्राविधिक तयारी नपुगेकाले सीप प्रमाणीकरण तत्काललाई कार्यान्वयन नगरिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

‘विभागले आफ्नो हिसाबले तयारी पूरा गरेको तर तालिम प्रदायक संस्था र जाँच गर्ने निकायबीच समन्वय गराउन बाँकी रहेकोले यो काम सकिएपछि मात्र यो व्यवस्था लागू हुने जनाएको छ ।

उपत्यका बाहिर पनि तालिम प्रदायक संस्थाको व्यवस्था गर्नका लागि तालिम आवेदन माग गरिएको र आवेदनका आधारमा कागजपत्र पुगेकालाई सूचीकृत गर्ने काम भइरहेको विभागले जनाएको छ । तालिमका लागि १५४ वटा संस्थाले आवेदन दिएका र छनोटको प्रक्रिया चलिरहेको छ ।

हाउस वायरिङ तथा इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेसन, स्टिल फिक्चर्स, हाउस किपिङ तथा क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गार्मेन्ट तथा टेलरिङ र प्लम्बिङको काम गर्न जाने कामदारले अनिवार्य रुपमा सीप सिकेको प्रमाणपत्र पेश गर्न पर्ने व्यवस्था लागू गर्न लागिएको थियो ।

वैदेशिक रोजगारीमा जानेमध्ये धेरै कामदार अदक्ष भएका कारण असुरक्षा बढी हुने गरेको छ ।

विभागको तथ्याँकअनुसार गएको महिना मात्रै २६ हजार ८२५ जना पुरुष र १ हजार ७२५ जना महिला गरी २८ हजार ५५० जना अदक्ष कामदार विदेशिएका छन् ।

Advertisement

Advertisement

Advertisement