ललिता निवास जग्गा प्रकरणः शोभाकान्तसहित मुख्य तीन खेलाडीलाई पनि अख्तियारले पत्र काट्यो

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको २९९ रोपनी जग्गा अनियमिततामा मुछिएका थप तीनजनालाई बयानका लागि बोलाएको छ । जग्गा किनबेचमा मुछिएका दुईजना भूमाफिया र अर्का एक कर्मचारीलाई अख्तियारले बयानका लागि सात दिन भित्र उपस्थित हुन पत्र काटेको हो ।

यसअघि नै बयानका लागि घरमा पत्र पठाउँदा जवाफ नपठाएपछि अख्तियारले बिहीबार सार्वजनिक सूचना निकालेर उनीहरुलाई बयानका लागि पूर्जी काटेको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार घरमा गएर म्याद टाँस्दा बयानका लागि उपस्थित नभएपछि उनीहरुलाई बयानका लागि सात दिने पुर्जी काटिएको हो ।

अख्तियारले नेकपा महासचिव विष्णु पौडेलसहित, भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङ र गैरआवासीय नेपाली संघ ९एनआरएनए० सहिले हडपेको बालुवाटारको जग्गा विक्रीमा संलग्नमाथि अनुसन्धान तीव्र पारेको हो । आयोगले बिहीबार गोरखापत्रमा प्रकाशित गरेको सूचना अनुसार नेकपा महासचिव विष्णु पौडैललाई बालुवाटारको जग्गा बेच्ने डा शोभाकान्त ढकाल, रामकुमार सुवेदी र हुपेन्द्रमणि केसीका नाममा पूर्जी काटिएको हो ।

घरमा पूर्जी टाँस्दा अनुपस्थित भएपछि सूचना निकालिएको कोइरालाले बताएश्र बालुवाटारको सरकारी जग्गा किनबेच प्रकरणमा आयोगले बुधबार मात्रै ८६ जनाविरुद्ध पूर्जी जारी गरेको थियो। पूर्जी जारी गरिएकामा यसअघि सरकारले गठन गरेको छानबिन समितले दोषी किटान गरिएकाहरु पनि छन्।

तत्कालीन सचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितले बालुवाटार किनबेच प्रकरणमा शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहितलाई ुभूमाफियाु भनेको थियो। सरकारले अधिग्रहण गरिसकेको जग्गा भूमाफियाले मालपोतका कर्मचारीसँगको मिलेमतोमा बिक्री गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पर्ने २९९ रोपनी जग्गा बेचिएको थियो ।

बेचिएको जग्गा बैंकमा राखेर ४ अर्ब भन्दा धेरै ऋणसमेत निकालिएको पाइएको छ। ‘यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आयोगको अनुसन्धान महाशाखा नं। २ मा सम्पर्क राख्न नआएमा कानुन बमोजिम भइजानेछ’, सूचनामा भनिएको छ।

सूचनामा सरकारले प्रचलित कानुन बमोजिमको मुआब्जा समेत दिई अधिग्रहण गरिएको साविक हाँडी गाउँ मौजाहा नम्बर ४५६ को लगत भिड्ने ललिता निवास क्याम्पभित्र पर्ने काठमाडौं, बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय डिल्ली बजारका कर्मचारीको समेत मिलेमतोमा गैरकानुनी तरिकाले बेचिएको उल्लेख छ।

यसअघि बुधबार निकालिएको सूचनामा भाटभाटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङका छोरा कल्याण गुरुङ, त्रिताल आयोगले भूमाफिया भनेर किटानी गरेका शोभाकान्त ढकालकी श्रीमती उमाकुमारी ढकाल्नी र छोरी लक्ष्मी ढकाल, रामकुमार सुवेदीका श्रीमती माधवी सुवेदीलाई बयानका लागि आयोगले बोलाएको छ।

 

Advertisement

Advertisement

Advertisement