बजेटप्रति असन्तुष्ट पोखराका काँग्रेस जनप्रतिनिधि आन्दोलनमा, ताला लगाइयो, रेडबुक च्यातियो

Advertisement

पोखरा । बजेट समानुपातिक नभएको भन्दै पोखरा महानगरपालिकाका काँग्रेसनिकट वडाध्यक्षहरुले महानगरपालिकको कार्यालयमा ताला लगाएर धर्ना दिएका छन् । नगरपरिषदको बैठकमै वार्षिक बजेटप्रति असन्तुष्ट जनाएका उनीहरुले बिहीबार कार्यालयमा तालाबन्दी गरेका हुन् ।

महानगरपालिकाका मेयर मानबहादुर जिसीले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै काँग्रेसका जनप्रतिनिधि आन्दोलिन भएका हुन् । मेयर जिसीले वार्षिक बजेट विवरण ९रेड बुक० र आफ्नो अभिव्यक्ति सच्याउनु पर्ने उनीहरूले माग छ।

रेडबुकमाथि छलफल नै नगरी एकपक्षीय रुपमा पारित गरेको भन्दै काँग्रेस जनप्रतिनिधिहरुले यस विषयमा कुरा राख्दा मेयर जिसीले धम्कीपूर्ण अभिव्यक्ति दिएको बताए । बजेट केन्द्रीकृत आएको भन्दै महानगरपालिकाका ११ जना वडाध्यक्षसहित ४८ जना काँग्रेस जनप्रतिनिधिहरुले एकलौटी बजेट आफूहरुलाई मान्य नहुने बताए ।

वडा हेरेर कुनैलाई अध्यधिक धेरै बजेट, कसैलाई न्यून बजेट छुट्टाइएको, बिषयगतरुपमा बजेट ल्याउने भनिए पनि पूर्वाधारमा थुपारेर असन्तुलन गरिएको उनीहरुको गुनासो छ । पोखरा महानगरपालिकाले मंगलबार सात अर्ब ५४ लाखको बजेट ल्याएको थियो ।

Advertisement

Advertisement

Advertisement