महाबाणिज्यदूतहरुलाई बोलाएर आर्थिक कुटनीतिलाई बढाउन दिन प्रधानमन्त्रीको आग्रह

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदूतहरुलाई बालुवाटारमा बोलाएर नेपालको आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

काठमाडौंमा भेला भएका विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदूतहरुलाई सामूहिक भेट गर्दै ओलीले मुलुकको आर्थिक विकासमा सहयोग पुग्नेगरी आर्थिक कुटनीतिलाई बढावा दिन आग्रह गरे । सरकारले आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले त्यसका लागि पूँजी र प्रविधि भित्र्याउन काम गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकताको सेवा र सुरक्षाको उचित व्यवस्था गर्न, नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन पनि सुझाव दिएका थिए । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई महाबाणिज्यदूतहरु काठमाडौंमा भेला भएका बेला उनीहरुलाई सामुहिकरुपमा प्रधानमन्त्रीसँग भेट्ने अवस्था बनेको हो ।

परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहरुको दुई दिने सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो। नेपालले हाल १६६ वटा मुलुकमा कूटनीतिक सम्बन्ध कायम राखेको छ । त्यसमध्ये ३२ वटा मुलुकमा मात्रै नेपालले दूतावास रहेका छन् भने अन्य मुलुकहरुमा अवैतनिक महावाणिज्यदूतहरु रहेका छन् ।

Advertisement

Advertisement

Advertisement