काठमाडौं पछि सिरिन्ज आक्रमण बनेपामा पनि

Advertisement

काभ्रे । बनेपामा एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको छ । असार १० गते बनेपाकी ३४ वर्षीया एक युवती सिरिन्ज आक्रमणमा परेको भन्दै बुधबार शुक्रराज ट्रपिकल सेन्टर टेकु गएकी हुन् । स्थानीय मेडिकलमा जँचाउँदा सिरिन्ज आक्रमण भएको आशंका गरिएपछि उनी शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिईन्।

काठमाडौं ठमेल घर भई बनेपा ८ मा बस्दै आएकी ३४ वर्षीया ती महिलाले असार १० गते आफूमाथि आक्रमण भएको बताएकी छन् । नजिकै दिदीको घरबाट फर्किंदै गर्दा अन्दाजी ४०र४५ वर्षकी महिला नजिकै आएर उनको हातमा घोचेकी थिईन् ।

चिकित्सकहरूले सिरिन्ज आक्रमणको आशंका गर्दै उनलाई एचआईभी संक्रमणविरुद्धको औषधि २८ दिनसम्म खान भनेका छन् । रगत परीक्षणको रिपोर्ट भने आजबिहीबार मात्रै आउने अस्पतालले जनाएको छ ।

गएको डेढ महिनामा यस्तै प्रकृतिको घटना लिएर शुक्रराज ट्रपिकल सेन्टरमा ९ जना महिला पुगिसकेका छन् । पछिल्ला पाँच घटना त गएको एक साताको मात्रै हो । यसअघि भएका चार घटना सार्वजनिक भएपछि त्रसित हुँदै महिलाहरु टेकु अस्पताल पुगेका थिए।

केही दिनको अन्तरमा भएको उस्तै घटनाले महिलाहरु त्रसित छन् । उनीहरुलाई एचआईभी विरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिस बी बिरुद्धको भ्याक्सिन पनि दिइएको छ ।

सामान्य मान्दामान्दै पछिल्लो तथ्यांकले सिरिन्ज आक्रमण घटनाको ग्राफ बढेको देखाउँछ । तर प्रहरीले भने आक्रमणकारी पक्राउ नभएकाले घटनाबारे थप भन्न नसकिने बताएको छ । अस्पतालका चिकित्सकका अनुसार पीडित महिलाहरूमा कुनै संक्रमण भए/नभए टुंगो लाग्न तीन महिनासम्म कुर्नुपर्छ ।

Advertisement

Advertisement

Advertisement