हिमालयन बैंकको ५९औँ शाखा विस्तार काठमाडौंको सुकेधारामा

Advertisement

काठमाडौं । हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका–४, सुकेधारमा असार १२ गतेदेखि आफ्नो ५९औँ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको बैंक सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

सो अवसरमा उनले नेपालको आधुनिक बैंकिङ क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दौ र विश्वसनीय भएको र यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले ग्राहकबर्गहरुलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न व्यक्तिहरुलाई व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले समृद्धिका लागी साना तथा मझौला उद्यम तथा व्यवसायको बृहत प्रवद्र्धन आवश्यक रहेको र त्यसका लागी हिमालयन बैंक उत्पादनशील क्षेत्रमा कृयाशिल त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै अगाडि बढ्ने बताए ।

समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु लगायत बैंकका प्रमुख कार्यकारी अधिकृत, बरिष्ठ कर्मचारीहरुको उपस्तिथिमा भएको थियो । स्थानीय उद्योगपति, व्यवसायी तथा अन्य गण्यमान्य व्यक्तिहरुको पनि समारोहमा उपस्थिति रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement