आगलागीबाट ५६ लाखको क्षति

Advertisement

पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिकास्थित तिङदेनमा आज बिहान करीब ६ः३० बजेको समयमा आगलागी भएको छ । कुम्मायक गाउँपालिका–४ तिङदेन बजारमा रहेको तिलविक्रम सम्बाहाम्फेको घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट रु ५६ लाख ९५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी चौकी यासोकका इञ्चार्ज बानहादुर चौहानका अनुसार आगलागीका कारण घर र पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

सम्बाहाम्फेको घरमा राखेका नगद एक लाख ५० हजार र १० तोला सुनसमेत जलेर नष्ट भएको र सम्बाहाम्फेको सँगै रहेको लेखनाथ खनालको घरमा पनि आंशिक क्षति भएको इञ्चार्ज चौहानले जानकारी दिए । आगो स्थानीय र प्रहरीले करीब २ घण्टा लगाएर नियन्त्रणमा लिएका थिए ।

Advertisement

Advertisement

Advertisement