नेप्से बढ्न नसके पनि कारोबार वृद्धि कायम, हिमालयन डिष्ट्रिलरीको आज पनि उच्च कारोबार

Advertisement

काठमाडौं । सेयर बजारमा बिहीबार पनि गिरावट जारी रह्यो । आज नेप्से परिसुचक एक दशमलव १४ अंकले घटेर एक हजार २५७ कायम भएको छ । नेप्से बढ्न नसके पनि कारोबारमा भने वृद्धि कायमै छ । आज कारोबार बढेर ६२ करोड ७९ लाख रुपियाँको कारोबार भयो ।

आज पनि उच्च कारोबार गर्नेमा हिमालयन डिष्ट्रिलरी लिमिटेड सबैभन्दा अगाडि रह्यो । उसको १४ करोड ५७ लाख रुपियाँको सेयर कारोबार भयो । दोस्रो धेरै कारोबार गर्नेमा नेपाल बैंक छ । यसको पाँच करोड ६५ लाख रुपियाँको कारोबार छ ।

आज धेरै नाफा गर्नेमा मल्टिपर्पोज फाइनान्सका लगानकर्ता अगाडि छन् भने घाटा खानेमा आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ता अगाडि छन् । राष्ट्रिय बीमा कम्पनीको सेयर ३७५ रुपिपाँले घटेको छ । समूहतर्फ सबैभन्दा उच्च गिरावट निर्जीवन बीमा समूहमा छ । यो समूहको सुचक झण्डै दुई प्रतिशतले घटेको छ । आज बाणिज्य बैंक, होटल, अन्य र वित्त समूहका सुचकहरुमा सामान्य सुधार भएको छ ।

Advertisement

Advertisement

Advertisement