दुई लाख घुस लिएका कार्यालय प्रमुखलाई विद्यार्थी संगठनले कालोमोसो दले

Advertisement

काठमाडौं । कञ्चनपुरका जलस्रोत तथा सिचाँइ विकास डिभिजन कार्यालयका प्रमुख अजितकुमार श्रीवास्तवलाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । दुई लाख घुससहित प्रकाउ परेका उनीलाई नेपाल कम्युनिष्ट पार्टीसमर्थक विद्यार्थी संगठनले कालोमोसो दलेका हुन् ।

भीमदत्त नगरपालिका वडा नम्वर १९ स्थित चौधर नदीमा निर्माण भएको तटबन्धको बिल भुक्तानीका क्रममा डिभिजन प्रमुख श्रीवास्तव र इन्जिनियर ग्रिष्मा ठगुन्नाले घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

श्रीवास्तवको भान्सा कोठामा चामलको बोराभित्र लुकाइ राखेको दुई लाख घुस रकम फेला परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ ।

घुस लिएलगत्तै अख्तियार, कञ्चनपुरकोे टोलीले कार्यालय प्रमुख र इन्जिनियर दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

Advertisement

Advertisement

Advertisement