अपर तामाकोशीको साधारणसभाको अर्को मिति असार ३१ लाई तोकियो

Advertisement

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको बुधबार स्थगित वार्षिक साधारणसभा असार ३१ गते हुने भएको छ। कम्पनीले बुधबार ५१ प्रतिशत संस्थापक र ५६ प्रतिशत मात्रै सेयरधनी उपस्थित भएका कारण साधारणसभा स्थगित गरेर असार ३१ गते साधारणसभा गर्न लागेको हो ।

कम्पनीले शुक्रबार मात्रै यस सम्बन्धमा सम्पूर्ण सूचना प्रकाशन गरेर सेयरधनीलाई साधारण सभाको विस्तृत जानकारी दिइने छ । कम्पनी नियमावली अनुसार साधारण सभामा ६७ प्रतिशत सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनु पर्नेछ ।

साधारणसभामा ४ जना सञ्चालक निर्वाचनसँगै कम्पनीको निर्वाचन नियमावलीसमेत संशोधन गरी गणपुरक संख्या ५१ प्रतिशत कायम गर्ने प्रस्ताव राखिनेछ ।

आठ लाख १८ हजार सेयरधनी रहेको उक्त कम्पनीमा चार जना सञ्चालकको निर्वाचनका लागि तीन महिला सहित १२ जनाले उम्मेदवारी दिएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement