कामना सेवा विकास बैंकको स्मार्ट टेलर सञ्चालन

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा कार्यालय काठमाडौंको ज्ञानेश्वरमा मोबाईल बैकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संञ्चालनमा ल्याएको छ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको बैंकले आफ्नो “स्मार्ट टेलर” सुविधा संञ्चालनमा ल्याएको हो ।

बैंकको मोवाईल बैंकिङ्ग सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङको क्यूआर कोडको मार्फत चेकबुक र एटिएम कार्ड बिना नै निकाल्न सक्नेछन् ।

बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४४ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोबाईल बैंकिङ सि—एसबिएलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement