अभिनेत्री करिश्मा मानन्धर 'थ्रीजीपीए'सहित एसइई उत्तीर्ण

Advertisement

काठमाडौं । यो वर्षको एसइई परिक्षामा सहभागी अभिनेत्री करिश्मा मानन्धर तीन जीपीए नम्बरसहित उत्तीर्ण भएकी छन्। नेपाली चलचित्रमा लामो सयम खेलेपछि करिश्मा आठ कक्षामा भर्ना भएकी थिइन् ।

उनले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलबाट पुनस्अध्ययन थालेर एसइई दिएकी थिइन्। करिब तीन दशक भन्दा लामो समय नेपाली सिने क्षेत्रमा बिताएकी मानन्धरले डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयबाट एसइई दिएकी थिइन्। यो वर्ष ४ लाख ५० हजार २७५ परीक्षार्थी एसइईमा सहभागी भएका थिए।

Advertisement

Advertisement

Advertisement