असार १६ देखि २२ सम्म भृकुटीमण्डपमा भेष्पाको एक्सचेन्ज मेला, ग्राहकलाई आकर्षक अफर

Advertisement

काठमाडौं । डि–लाईफस्टाईल्स प्रालिले प्रचलित ब्राण्ड भेष्पाको बिक्री प्रवर्धन गर्ने उद्देश्यले यही आउँदो असार १६ देखि २२ गतेसम्म भृकुटीमण्डपस्थित प्रर्दशनी केन्द्रमा ‘सिजिङ स्पेसियल एक्सचेन्ज क्याम्प’ आयोजना गर्न लागेको जनाएको छ ।

यस क्याम्पमा भेष्पा खरिद गर्ने ग्राहकलाई आउँदो आर्थिक बर्षको सवारी कर पनि कम्पनीको तर्फबाटै भुक्तानी गरिने छ । स्कुटर पारखीहरुको लागि भेष्पा ब्राण्डमा अपग्रेड हुन आव्हान गर्दै हाल सम्मकै ठूलो एक्सचेन्ज मेला सुरु गरेको कम्पनीको भनाई छ ।

यस मेलामा जुनसुकै ब्राण्डको मोटरसाईकल तथा स्कुटर ल्याएर नयाँ भेष्पा स्कुटर चढेर जान पाईनेछ । ग्राहकले आफ्नो पुरानो वाईक तथा स्कुटरको उच्चतम मुल्याङ्कन पाउने कम्पनीले दाबी गरेको छ । मुुल्याङ्कन भएको पुरानो वाईक तथा स्कुटरमा कम्पनीले ३० हजार रुपियाँ थप गरिदिने बताएको छ ।

यस क्याम्पमा खरीद गर्ने ग्राहकहरुलाई ५० हजार रुपियाँसम्मको फाईदा हुने जनाउँदै कम्पनीले समय र परिस्थितिको मागलाई मध्यनजर गरी १५० सीसी भेष्पा खरिद गर्ने ग्राहकले ३० हजार रुपियाँ नगद छुट वा सोही बराबरको थप मुल्याङ्कन र अन्य एसेसरिज, भेष्पाको हेलमेट निःशुल्क पाउने जनाएको छ ।

साथै, सर्वसुलभ वित्तीय सुविधा र एक्सचेन्जको सुविधा पनि प्रदान गरिएको जनाइएको छ । भेष्पा स्कुटरमा ३ भल्भ इन्जिन, ३ कोटेड कलर, मोनो कर्कस्टिल चेसिस, एयरक्राफ्ट सस्पेन्सन र ८ लिटर पेट्रोल भर्न सकिने फ्युल टैकं रहेको छ ।

हालसम्म भेष्पाले प्रदान गरेका अफरहरुमध्ये यति ठूलो अफर प्रदान गरेको थिएन भन्दै डि–लाईफस्टाईल्सले भविश्यमा पनि आउने सम्भावना कम रहेको जनाएको छ । स्टक सीमित रहेको हुनाले पहिले आउने ग्राहकलाई पहिलो प्राथमिकता प्रदान गरिने भन्दै कम्पनीले हामीसँग सम्पूर्ण कलरका भेष्पाहरु पाउन सकिने कम्पनीको भनाई छ । भेष्पामा २ वर्ष वा २० हजार किमीसम्मको वारेन्टी र ४ पटकसम्म फ्रि सर्भिसको सुविधा रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

Advertisement

Advertisement

Advertisement