बल्खुमा इसुजु एक्सचेन्ज सुरु, जुनसुकैै ब्राण्डका गाडिहरु सट्टापट्टा गर्न सकिने

Advertisement

काठमाडौं । इसुजु मोटर्सको काठमाडौ उपत्यकाको लागि आधिकारीक बिक्रेता टाइम्स मोटर्स प्रालिले बिहीबारदेखि १५ गतेसम्म बल्खुस्थित टाइम्स मोटर्सको शोरुममा ‘इसुजु एक्सचेन्ज’ आयोजना गरेको छ ।

एक्सचेन्ज कार्यक्रममा जुनसुकै ब्राण्डको गाडीहरु इसुजु भि–क्रससँग एक्सचेन्ज गर्न सकिने टाइम्स मोटर्सका प्रबन्ध निर्देशक दीपकराज गिरीले बताए इसुजुका पिकअपहरु हाल सबैभन्दा बढि मन पाराइएको र सबैभन्दा बढि बिक्री हुने लाइफस्टायल पिकअपको रुपमा स्थापित भइसकेको कम्पनीको भनाई छ ।

नेपाली बजारमा पाईने पिकअपमध्ये सबैभन्दा बढि बिषेशताहरु भएको र आकर्षक मूल्यमा पाईने पिकअपहरुमध्ये इसुजु पहिलो हो भन्दै टाइम्स मोटर्सले हाइन्ड फिचर र उच्चतम् वारेन्टी भएको कारण इसुजु छोटो समयमा नै नेपालमा सर्बाधिक बिक्री हुने लाइफस्टाइल पिकअप बन्न सफल भएको जनाएको छ ।

हालै इसुजु भिक्रसलाई प्रोफेसनल पिकअप एण्ड फोरइन्टूफोरबाट पिकअप अफ द एयर २०१९ अवार्ड प्राप्त गरेको छ । यस एक्सचेन्ज कार्यक्रममा ग्राहकका लागि आकर्षक सुबिधाहरु समेत रहेको भन्दै कम्पनीले हाल नेपालभर १३ वटा इसुजु शाखा सञ्जाल समेत रहेको जनाएको छ ।

इसुजु एक्सेन्चका मुख्य आकर्षणहरुः
१ हरेक बुकिङमा निःशुल्क होलिडे ट्रिप,
२ एक वर्षको लागि निःशुल्क बीमा,
३ आर्थिक वर्ष २०७६÷७७ निःशुल्क सवारी कर,
४ आकर्षक नगद छुट
५ ७५ प्रतिशतसम्म (सात वर्षको लागि अन दि स्पट फाइनान्सको सुविधा),
५ तीन वर्ष वा एक लाख किलोमिटरसम्मको वारेन्टी (इन्जिन, गेयर बक्स र डिफ्रेन्सियलमा) नेपाली बजारमा सबैभन्दा धेरै वारेन्टी,
६ प्रत्येक मुल्याङ्कनमा आकर्षक उपहार,
७ प्रत्येक टेष्ट ड्राइभमा निःशुल्क फयूल कुपन ।

Advertisement

Advertisement

Advertisement