युवतीमाथि श्रृंखलाबद्ध ‘सिरिन्ज’ आक्रमणको अभियोगमा एक पक्राउ

Advertisement

काठमाडौँ । काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध रुपमा तिखो हतियारले महिलालाई आक्रमण गर्ने कार्यमा सग्लग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० बर्षिय सन्तोष कार्की रहेका छन् ।

उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले गएराति महाराजगञ्जबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार कार्कीले आनन्द लिनको लागि युवतीमाथि ढलान गर्ने किला प्रहार गर्ने गरेको बयान दिएका छन् । सिरिन्ज आक्रमणको अनुमान गरिए पनि कार्कीले सिरिन्ज नभएर ढलानको किलाले आक्रमण गरेको बयान दिएका हुन् । यसबारेमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

केही समययता काठमाडौंका विभिन्न स्थानमा महिलामाथि श्रृखलाबद्ध रुपमा चुच्चो हतियारले आक्रमण भएको थियो ।

सोही प्रकृतिको घटना भक्तपुर र काभ्रेमा समेत भएको थियो । घटनामा एकजना ब्यक्ति या समूहको सग्लनता थियो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अहिलेसम्म पाँच जना महिलाले आफुमाथि आक्रमण भएको उजुरी प्रहरीमा दर्ता गराएका छन् । सिरिञ्ज या अन्य कुनै धारिलो बस्तुबाट आक्रमण भएको भन्ने खुल्न सकेको छैन ।

Advertisement

Advertisement

Advertisement