कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

Advertisement

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस)को नतिजा प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले सार्वजनिक गरेको हो ।

ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ । परीक्षाफल ईपीएसको बेवसाइट मा गएर हेर्न सकिने छ ।

जेठमा भएको परीक्षामा ९२ हजार तीन सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ ।

Advertisement

Advertisement

Advertisement