ट्राफिक जाम व्यावस्थापनका लागि व्यवहार परिवर्तन गर्नुपर्छः आइजीपी खनाल

Advertisement

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले ट्राफिक जाम व्यवस्थापनका लागि व्यवहार परिवर्तन गर्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रममा आइजीपी खनालले जामका लागि समय व्यवस्थापन गर्ने बानी बसाल्न सुझाव दिएका हुन्।

घरबाट ढिलो निस्किने र गन्तव्यमा छिटो पुग्न खोज्नुले पनि सडक सभ्यता अभिवृद्धि हुन नसकेको उनको भनाइ थियो । ‘हामी घरबाट निस्किँदा ढिलो निस्किने गर्छौँ । तर अफिस वा कुनै ठाउँमा पुग्न हामीलाई हतार भएको हुन्छ । सबैलाई मेरो अनुरोध छ । सडक सभ्यता अभिवृद्धि गर्नका लागि १५ मिनेट बाटोमा आइपर्ने समस्याका लागि छुट्याएर निस्किने गरौँ,’ आइजीपी खनालले भने ।

उनले जाम व्यवस्थापनमा ट्राफिक प्रहरी लागिरहेको भन्दै यसमा समाजको पनि उल्लेख्य दायित्व रहने बताए । धेरैले विदेशमा नियम कडा भएको र यहाँ पनि बनाउन सुझाव दिएको भन्दै खनालले जबसम्म नागरिक, सवारी चालक आफैं विवेकपूर्ण हिसाबले सचेत बन्दैन तबसम्म व्यवस्थापन नहुने जिकिर गरे।

सभ्य नागरिकले मात्र सभ्य समाज र राष्ट्रको निमार्ण गर्ने उनको भनाई छ ।

Advertisement

Advertisement

Advertisement