सहकारी बैंकले संरक्षित पूँजी फिर्ता कोषको रकम सदस्यहरुलाई बाँड्यो

Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप आर्थिक वर्ष २०७४÷०७५ को संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य सम्पन्न गरेको छ । बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम यस सहकारी बैंकमा नियमित कारोबार गर्ने संघ÷संस्थाको खातामा जम्मा गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

सदस्य संघ÷सस्थाले जम्मा गरेको बचत रकमको लागी ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको हो ।

कर्जा कारोबार गर्ने तीन हजार तीन सयभन्दा बढी संघ÷संस्था र बचत कारोबार गर्ने नौ हजारभन्दा बढी संघ÷संस्था आर्थिक वर्ष २०७४÷०७५ कोे संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएको सहकारी बैंकले जनाएको छ । वचत र ऋणमा उच्च कारोवार गरी योगदान गरेवापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचततर्फ नौ लाख ४२ हजारसम्म र कर्जातर्फ सात लाख २१ हजार रकमसम्म प्राप्त गर्न सफल भएका छन् ।

Advertisement

Advertisement

Advertisement