एनआईसी एशिया बैंक र सीपी हस्पिटलबीच सम्झौता

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंक र सीपी हस्पिटलबीच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई सीपी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा २० प्रतिशत सम्मको छूट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सीपी हस्पिटलको तर्फबाट हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरे ।

Advertisement

Advertisement

Advertisement