रमाइलोका लागि ‘काँटी’ आक्रमण, सिरिन्ज नभएको दावी

Advertisement

काठमाडौं । सिरिन्ज आक्रमणको आरोपमा पक्राउ परेका सन्तोष कार्कीले आफूले सिरिन्ज नभई रमाइलोका लागि काँटी आक्रमण गर्ने गरेको बताएका छन् । ढल्कुमा महिलामाथि आक्रमण भएको सीसीटीभी भिडियो सार्वजनिक भएसँगै पक्राउ गरेका हुन्ले रमाइलोका लागि यस्तो गर्ने गरेको अनौठो प्रतिक्रिया दिएका हु्न ।

राजधानीका विभिन्न स्थानमा महिलामाथि ‘सिरिन्ज’ आक्रमण भएका उजुरी परेपछि प्रहरीले संलग्न व्यक्तिको खोजी सुरु गरेको थियो । सीसीटीभी फुटेजको आधारमा आक्रमणकारी फेरि पारेपछि अनुसन्धानका क्रममा निज कार्कीले ढलान गर्ने काँटीले घोच्ने गरेको बयान दिएका हुन् ।

प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको थियो । कुकुर डोराएर हिँडेकी एक महिलालाई मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले आक्रमण गरेको देखिएपछि प्रहरी निजको खोजी गर्दै गएको थियो । सिरिन्ज आक्रमण बढेको भन्दै जनजीवन आतंकित भइरहेको बेला आक्रमणकारी पक्राउ परेपछि धेरैले राहत महशुस गरेका छन् ।

Advertisement

Advertisement

Advertisement