चीनको भन्दै इण्डोनेसिया, भियतनामबाट ब्राण्डेड जुत्ता ल्याएर कर छल्नेविरुद्ध मुद्दा

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले मेची भन्सार कार्यालयबाट ख्यातिप्राप्त ब्राण्डका मालवस्तुलाई अर्कै मालवस्तु भनी पैठारी गरी ल्याएर राजश्व छली गरेको भन्दै सागर एण्ड साधना बिजनेश प्रालिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले त्यस्तो पैठारीमा दुई करोड ३२ लाख २१ हजार रुपियाँ बराबरको मालवस्तु जफत गरी सोको दोब्बरले हुन आउने चार करोड ६४ लाख ४३ हजार रुपियाँ जरिवाना र तीन बर्षको कैद सजाय दावी गर्दै मुद्दा दायर गरेको हो ।

लीलाबहादुर घिमिरे र गंगाबहादुर घिमिरे सञ्चालक रहेको सागर एण्ड साधनाले पैठारी गरेको सामान भौतिक परीक्षण गर्दा निजहरुले सामानको उत्पतिको मुलुक चीन मात्र घोषणा गरेकोमा फ्ल्याट सोल जुत्ता र स्पोर्ट जुत्तामा उत्पतिको मुलुक इण्डोनेसिया, भियतनाम रहेको भेटिएको जनाइएको छ ।

साथै, आयातकर्ताले भन्सार विन्दुमा कुनै नाम उल्लेख नगरेकोमा ख्यातिप्राप्त ब्राण्ड रिबुक, एडिडास, फिला, नर्थफेस, नाइटी, पुमा, नाम भएका मालवस्तु फेला परेको विभागले जनाएको छ । सोही कारण आयातकर्ताले राजश्व चुहावट गर्ने दुरासय राखेको देखिएकोले मुद्दा दायर गरेको विभागको भनाई छ ।

Advertisement

Advertisement

Advertisement