ठूला शक्ति राष्ट्रबीच व्यापार युद्ध चर्किएको बेला ‘जी–२०’ सम्मेलनमा अन्तर्राष्ट्रिय आर्थिक स्थायित्वको कुरा

Advertisement

काठमाडौं । अमेरिका र चीनलगायत विश्वका १९ मुलुक र यूरोपेली संघ आवद्ध जी–२० समूह राष्ट्रको वार्षिकरूपमा हुँदै आएको सम्मेलन यस वर्ष जापानको ओसाका शहरमा भएको छ । सो समूहमा विश्वको करिब ८० प्रतिशत आर्थिक गतिविधि र दुई तिहाई जनतालाई प्रतिनिधित्व गर्छ । यो समूहको मुख्य उद्देश्य अन्तरराष्ट्रिय आर्थिक स्थायित्व भएको सदस्य राष्ट्रको दाबी रहेको छ ।

ओसाका सम्मेलनले पनि गतवर्ष अर्जेन्टिनाको राजधानी व्युनर्स आयर्समा सम्पन्न सम्मेलनले जस्तै अमेरिका–चीन व्यापार युद्धलाई प्रमुख एजेन्डा बनाएको छ । यद्यपि यसबारे विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच आफ्ना अडानमा कटिवद्ध बन्दै व्यापार युद्धबाट परेको असरबारे छलफल भएको छ । अमेरिका–चीन व्यापार युद्धले सम्बन्धित मुलुकलाई त आर्थिकरूपमा प्रभावित पारेको नै छ यसबाहेक उनीहरूका उत्पादनमा निर्भर रहने खासगरी यूरोपेली मुलुकको बजार पनि निकै प्रभावित बनेको छ ।

शुक्रबार सम्मेलनमा बोल्दै जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिका र चीनले सम्मेलनको अवसरमा व्याप्त व्यापार तनावलाई कम गर्न वा अन्त्य गर्न सफल हुने बताइन् । जर्मनीको निर्यातमुखी अर्थतन्त्रमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र दोस्रो ठूलो अर्थतन्त्रबीचको तनावका कारण देखिएको संरक्षणवादी व्यापार नीतिको विशेष प्रभाव परेको मर्केलको निष्कर्ष छ ।

सम्मेलनको शिलशिलामा भएको दुईपक्षीय भेटवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग विश्वका दुई प्रमुख निर्यातकर्ताले संरक्षणवादी नीति लिनु बाँकी विश्वका लागि दुर्भाग्य भएको जर्मनीको बुझाई रहेको मर्केलले उल्लेख गरिन । “हामी चाहन्छौँ चीन र अमेरिकाबीच सम्मेलनको साइडलाइनमा वार्ता होस् जसले वर्तमान व्यवसायिक अन्यौललाई सफलता प्रदान गरोस् ” उनको भनाई छ ।

विश्व अर्थतन्त्रलाई छाँयामा पारेको भनिएको चीन–अमेरिका व्यापार विवादको निकासका लागि ट्रम्पले पनि फलदायी वार्ता हुने विश्वास व्यक्त गरे । सँगसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “अमेरिकी तथा अन्य विश्व समुदायको चासो चीन र अमेरिकाले सम्झौता गरून् भन्ने मात्र नभएर विवादलाई सही निकाश दिउन् भन्ने रहेको मैले बुझेको छु, कमसेकम वार्तालाई उत्पादनमुलक बनाउनुपर्छ । हामी हेरिरहेका छौँ कसरी बिषयको उठान हुन्छ र निष्कर्ष के आउँछ ।”

ट्रम्पले थपे, “चीनसँग भएका दुई दिने व्यापार वार्ताले अमेरिकी अर्थतन्त्रलाई उकास्ने छ ।” पत्रकारले के अमेरिकाले चिनियाँ राष्ट्रपतिसँग छ महिनाका लागि गरेको नयाँ कर वृद्धिको घोषणालाई स्थगित गर्न सहमति भयो ? भनी गरेको प्रश्नमा ट्रम्पले संक्षिप्त जवाफ दिँदै भने, “भएको छैन ।” अमेरिकी राष्ट्रपतिको भनाइले समस्या समाधानतर्फ अघि बढेको सङ्केत देखिँदैन तर पनि नेताहरूको ओसाका बसाईले केही त गर्ला भन्ने विश्व समुदायको अपेक्षा भने कायम छ ।

यो अमेरिकी व्यवसायी र चिनियाँ व्यवसायीको पनि अपेक्षाको बिषय हो । उनीहरूले कमसेकम समयमा नै निश्चित कुरामा सहमति निर्माण गरेमा स्थापित बजारलाई धराशायी बनाउने छैन । त्यस्तै चीनले अमेरिकाले जी–२० सम्मेलनका अवसरमा हुने वार्ताबाट मध्यमार्गी बाटो अवलम्बन गर्ने विश्वास लिएको छ । चीनको विदेश मन्त्रालयले चिनियाँ राष्ट्रपति सीको अमेरिका समकक्षीसँग महङ्गो कर वृद्धिबारे हुने कुराकानीबारे सम्मेलन शुरू हुनु पहिले सार्वजनिक गरेको भनाइमा उल्लेख छ, “वासिङ्टनले कमसेकम चीनसँग मध्यमार्गी नीतिलाई अघि सारोस् र वार्तालाई सकारात्मक दिशामा अघि बढाउन सहकार्य गरोस् । यो दुबै देशको हितमा रहने र यसबाट अन्तर्राष्ट्रिय समुदायको साझा अपेक्षालाई पनि सम्बोधन गर्न सकिने छ ।”

दुवै देशका लगानीकर्ताले ट्रम्प र सीले डिसेम्बरमा नयाँ कर वृद्धि रोक्ने निर्णय लिएजस्तो कुनै पहललाई सार्वजनिक गर्नेमा विश्वस्त देखिएका छन् तर विष्लेषकले जी–२० मा हुने सहमति अस्थायी मात्र हुने बताएका थिए । यद्यपि यही अस्थायी सहमतिको सङ्केत पनि अहिलेसम्म मिलेको देखिएको छैन ।

यस पहिले अमेरिका चीनबीचको व्यापार तनाव कम गर्न विभिन्न ११ चरणमा कुराकानी भएपनि समस्यालाई ‘आइसब्रेक’ गर्न भने असमर्थ बनेका थिए । अहिले वार्ता सकिएको छ । बेइजिङले सहमति सन्तुलित हुनुपर्ने जनाउँदै अमेरिकाद्वारा चिनियाँ प्रशासन र कम्पनीले अमेरिकी प्रविधि चोरी गरेको वा हस्तान्तरणका लागि दवाव दिएको भन्ने आरोपको खण्डन गर्दै आएको छ ।

चीनका राष्ट्रपति सीले शुक्रबार शिखर सम्मेलनमा सहभागी भएर जी–२० समूहले निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गरेर विश्व अर्थतन्त्रको खुलापन, सहनशीलता, सन्तुलित र सामान्य हित र कल्याणकारी विकासको प्रत्याभूति दिनुपर्ने बताए । विश्व व्यापार संगठन सुधार गर्नुको उद्देश्य अझ सशक्त बजारलाई खुला पार्ने, विकासलाई अघि बढाउने हुनुका साथै सुधारको नतिजा स्वतन्त्र व्यापार र बहुपक्षीयतावादको संरक्षण गर्ने, विकासको अन्तरलाई सानो बनाउनेमा हितकर हुनुपर्ने सीले बताए ।

विभिन्न पक्षले मौद्रिक सुरक्षाको प्रत्याभूति गर्नुका साथै अन्तर्राष्ट्रि«य मौद्रिक बनोट अझ उचित बनाउने, अझ राम्रो वास्तविक विश्व आर्थिक अवस्थालाई प्रतिक्रिया गर्नुपर्ने पनि सीको भनाइ रह्यो । यसबाहेक उनले हाल चीनले बजारलाई अझ खुला पार्ने लगायत पाँच बुँदे प्रतिवद्धता पनि घोषणा गर्नुभएको छ । निरन्तर रुपमा बजारलाई खुला गर्ने, सक्रियरुपमा आयातलाई विस्तृत पार्ने, निरन्तर रुपमा व्यवसायिक वातावरणलाई सुधार्ने, चौतर्फी रुपमा चीनमा रहेका देशी विदेशी व्यवसायलाई समान सेवा गर्ने र जोडतोडका साथ आर्थिक व्यापारिक वार्तालाई अघि बढाउने भन्ने रहेका छन् ।

खुलस्त विश्व अर्थतन्त्रको निर्माण गर्ने सकारात्मक सदस्यको हैसियतले चिनियाँ राष्ट्रपति सीले विविध ठाउँमा संयुक्त प्रयासमार्फत खुलस्त विश्व अर्थतन्त्रको निर्माण र संरक्षण गर्नुका साथै विश्व अर्थतन्त्रलाई स्वस्थ र जिवन्तरूपमा कायम राख्न विभिन्न मुलुकसँग आह्वान गरेका थिए । खुलस्त विकास, आपसी हितयुक्त र साझा जीत भन्ने चीन र विश्वको साझा लक्ष्य भएको उनको भनाइ छ । ओसाका शिखर सम्मेलनबाट विश्व सामु बहुपक्षीयतावादलाई कायम राख्ने, अन्तर्राष्ट्रि«य प्रणाली र स्वतन्त्र व्यापारिक व्यवस्थाको संरक्षण गर्ने स्पष्ट सङ्केत दिन सकिने चीनले आशा गरेको बताइएको छ ।

शिखर सम्मेलनमा सहभागी नेताले विश्व आर्थिक परिस्थिति, व्यापार, लगानी, सिर्जनशीलता र डिजिटल अर्थतन्त्र आदि विषयबारे विचार–विमर्श गरेका छन् । यसैबीच चीन, रुस, भारतका शीर्ष नेताबीच पनि सम्मेलनको शिलशिलामा भेटघाट भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अहिलेको अन्तर्राष्ट्रिय अवस्था, महत्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति, त्रिपक्षीय सहयोगबारे वैचारिक आदानप्रदान गरेका थिए । नेताहरूले निरन्तर रुपमा चीन–रुस–भारत सहयोगात्मक संयन्त्रको संरक्षण गर्ने, प्रयोग गर्ने र विकसित पार्दै क्षेत्रीय र विश्व शान्ति, स्थिरता र समृद्धिलाई अघि बढाउन अझ बढी योगदान गर्ने मतैक्यता जनाएका पनि बताइएको छ ।

त्यस्तै उक्त मुलुकका विदेशमन्त्री तथा उच्च सुरक्षा अधिकारी स्तरीय भेट भएको र उनीहरूले आतङ्कवाद, लागु औषध कारोबार तथा तस्करी तथा अन्य साझा चुनौतिबारे छलफल गरेका पनि चीनले बताएको छ । यस्तै रूसी नेता पुटिनले रूस, चीन र भारतले संरक्षणवाद, एकपक्षीय गतिविधि, तथा गैरकानुनीुलुकका विदेशमन्त्री तथा उच्च सुरक्षा अधिकारी स्तरीय भेट भएको र उनीहरूले आतङ्कवाद, लागु औषध कारोबार तथा तस्करी तथा अन्य साझा चुनौतिबारे छलफल गरेका पनि चीनले बताएको छ । रासस

Advertisement

Advertisement

Advertisement