देशभर मनसुनी सक्रिय हुँदै, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Advertisement

काठमाडौँ । मनसुनी गतिविधि देशभर बिस्तारै थप सक्रिय हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वदेखि पश्चिमसम्मै मनसुनी गतिविधि थप सक्रिय हुँदै गएको र यसको गति बिस्तारै बढ्दै जाने मौसमविद विभूति पोखरेलले बताएकी छन् । पश्चिमका क्षेत्रमा पनि मनसुनी पानी पर्न थालेको छ ।

आइतबार देशभरको मौसम सामान्य बदली हुने र केही स्थानमा हल्कादेखि मध्य पानी पर्ने सम्भावना रहेको छ ।

पूर्व, मध्य र पश्चिमका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना पनि छ । विशेषगरी पश्चिम र पूर्वका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद पोखरेलले जानकारी दिएकी हुन् ।

Advertisement

Advertisement

Advertisement